धुर्मुस सुन्तलीले निर्माण गरिरहेको सन्तपुर बस्तीका लागि झन्डै ३ करोड अभाव
काठमाडौं, १० कात्तिक । धुर्मुस सुन्तलीले रौतहटमा निर्माण गरिरहेको एकिकृत बस्तीका लागि रकम अभाव भएको छ । समाजसेवी तथा चर्चित हाँस्यकलाकार जोडी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले निर्माण गरिरहेका रौतहटको चन्द्रपुर नगरपालिका स्थित सन्तपुरको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणको लागि झण्डै
३ करोड रुपैयाँ अभाव भएको हो ।
साउनमा आएको बाढीले समस्याग्रस्त क्षेत्रका बासिन्दालाई बसाल्न भन्दै निर्माण गर्न लागिएको एकीकृत नमुना सन्तपुर बस्तीमा अहिले घरको जग हाल्ने काम सुरु भएको छ । हालसम्म बस्तीका १५ घरको जग राख्ने काम सकिएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।
धुर्मुसको जन्मदिनको अवसरमा सिलान्यास गरी काम सुरु गरिएको बस्ती १ महिना नबित्दै जग्गा सम्याउने र पर्खाल लगाउने काम सकेर जगको काम समेत शुरु भइसकेको हो । नमुना बस्ती ५ करोड ७५ लाख लगानीमा निर्माण गर्ने लक्ष्यका साथ काम थालिएको छ ।
बस्तिका लागि आवश्यक पर्ने सम्पुर्ण रकम सहयोगी मनहरुबाट संकलन भइरहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिए । फाउण्डेशनलाई बस्ती निर्माणका लागि करिव २ करोड सहयोग संकलन भएको र ३ करोडको हाराहारीमा सहयोग संकलन हुन बाँकी रहेको फाउण्डेशनका लेखा अधिकृत सरोज जंग खत्रीले जानकारी दिए ।
माघ २४ गते बस्ती हस्तान्तरण गर्ने उद्धेश्यका साथ काम अघि बढाएपनि अझै धेरै सहयोग संकलन हुन बाँकी रहेको फाउण्डेशनकी उपाध्यक्ष कुन्जना घिमिरेले जानकारी दिइन् । सहयोग संकलनका बारेमा चिन्ता लागेपनि शुरु गरेको योजना पूरा हुने कुरामा उनको विश्वास छ । उनी भन्छिन्, ‘हाम्रा हरेक परियोजना सहयोगीहरुकै कारण निर्माण सम्पन्न भएका हुन्, उहाँहरु बिना त हामी अधुरो छौं । सबै सहयोगी मनहरुले हामीले सहयोग गर्नुपर्छ भनेर सहयोग दिनुभयो भने हामीलाई सहयोग संकलन गर्न गाह्रो हुँदैन् र सबैलाई बस्ती निर्माणमा सहयोग गरिदिनुहुन पनि अनुरोध गर्दछु ।’
एकीकृत नमुना सन्तपुर बस्तीमा ५० वटा आवासीय घरहरु सहित एउटा सामुदायिक भवन, सार्बजनिक धाराहरु, सौचालय, मन्दिर, बस्ती अवलोकनका लागि भ्यु टावर सहितको कम्पाउण्डले घेरिएको एउटा अर्थपूर्ण बस्ती बन्नेछ । एउटा घरको लागत १० लाख लाग्ने अनुमान गरिएको छ भने बस्तीमा दुई तले घर निर्माण हुनेछ । एउटा घर लगभग साँढे ३ धुर जग्गामा निर्माण हुनेछ । घर पुर्ण रुपमा भुकम्प प्रतिरोधी, बाल मैत्री, अपाङ्ग मैत्री र बातावरण मैत्री हुने फाउन्डेसनले जनाएको छ ।
तस्बिरः सिताराम कट्टेल (धुर्मुस) को फेसबुकबाट
Comments
अरु समाचार
-
आज विश्व पर्यटन दिवस: विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु पाँच अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य...
-
अमेरिकी डलरको मूल्य घट्योे, युरोको बढ्यो
काठमाडौँ, १० असोजः नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको...
-
‘बीआरआई नेपाल र नेपालीको हितमा छ, अविलम्ब कार्यान्वयन गरियोस्’
काठमाडौं । बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) नेपाल र नेपालीको हितमा भएकाले शीघ्र कार्यान्वयन गर्नुपर्ने काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले...
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...
-
सुनको मूल्यले नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको...
-
के तपाई भिजिट र पर्यटक भिसामा विदेश गएर काम गर्न खोज्दै हुनुहुन्छ ? सचेत हुन विभागको आग्रह
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभागले भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी...