एचआइभी संक्रमणको जोखिममा रहेकालाई निःशुल्क औषधि
चितवन, ११ कात्तिक । एचआइभी संक्रमितलाई दिइदै आएको एआरटी औषधि अब संक्रमणको जोखिममा रहेकाले पनि पाउने भएका छन् ।
रगत परीक्षण गरी सिडीफोर भन्ने तत्वको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्थालाई परिवर्तन गरी सबै संक्रमित र संक्रमणको जोखिममा रहेकालाई समेत निःशुल्क औषधि दिने व्यवस्था गरिएको हो ।
संक्रमितले देशका विभिन्न ६८ स्थानमा रहेका एआरटी सेन्टरबाट निःशुल्क औषधि सेवन गर्न पाउने भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकेयर फाउण्डेशन (एएफएच) नेपालका वरिष्ठ क्षेत्रीय परियोजना संयोजक कृष्णहरि सापकोटाले बताउनुभयो । उहाँका अनुसार संक्रमण भएको प्रमाणित भएलगत्तै र संक्रमणको जोखिममा परेकालाई औषधि दिइने छ । यसअघि रगतमा सिडिफोरको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्था थियो ।
भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरका प्रमुख डा उन्नत श्रेष्ठका अनुसार एचआइभीको जोखिम रहेकालाई पनि औषधि दिने व्यवस्था सरकारले गरेको छ । श्रेष्ठले भन्नुभयो “कोही व्यक्ति संक्रमित छैन तर उसले यौन सम्पर्क गर्ने साथी एचआइभी संक्रमित छ भने त्यस्तो व्यक्तिलाई औषधि दिन सकिन्छ ।” त्यस्तो व्यक्तिले औषधि खाएमा संक्रमण हुने नसक्ने नभई खतरा कम हुने श्रेष्ठले बताउनुभयो ।
संक्रमित नभएका तर समलिंगी यौन व्यवहार गर्ने, यौनकर्मी, बलात्कारमा परेकालाई यो औषधि दिन सकिने श्रेष्ठले बताउनुभयो । त्यस्तै संक्रमितको सम्पर्कमा आएर आफूलाई पनि संक्रमण भयो कि भन्ने आंशका गर्नेलाई पनि औषधि दिने नीति बनेको उहाँले बताउनुभयो ।
बलात्कृत भएमा वा अन्य कारणबाट संक्रमित भएको शंका लागेमा ७२ घण्टाभित्र चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्ने उहाँले बताउनुभयो । लगातार २८ दिन औषधि खाएपछि जोखिम कम हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “यसरी औषधि खाँदा संक्रमत हुँदै हुँदैन भन्ने होइन, संक्रमण हुने सम्भावना कम रहन्छ ।”
भरतपुर अस्पतालमा सन् २००७ देखि एआरटी सेन्टर शुरु भएको हो । त्यसयता गत सेप्टेम्बर ३० सम्म सो सेन्टरमा एक हजार ४६९ जना एचआइभी संक्रमितले नाम दर्ता गराएका छन् । तीमध्ये ७४८ जनाले त्यहीबाट नियमित औषधि खाइरहेको एएफएच नेपालका वरिष्ठ क्षेत्रीय परियोजना संयोजक सापकोटाले जानकारी दिनुभयो ।
नेपालमा ३२ हजार ७३५जना एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । सन् २०१६ सम्म १८ हजार १३० जना संक्रमित रहेको प्रमाणित भएको सापकोटाले बताउनुभयो । तीमध्ये १३ हजार ६९ जनाले एआरटी सेवा लिएका छन् ।
सरकारले जोखिममा रहेकाको परीक्षण गर्ने, परीक्षणबाट एचआइभी संक्रमित भएको भेटिएमा उपचार शुरु गर्ने र सन् २०३० सम्म एचआइभीलाई निर्मूल बनाउने योजना बनाएको छ । वैदेशिक रोजगारी, खुल्ला सीमा, संक्रमित पत्ता लागेर पनि नियमित औषधि खान नमान्नुजस्ता कारण एचआइभी संक्रमण घटाउन समस्या भइरहेको जानकारहरु बताउँछन् । (रासस)
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...