ताजा समाचार

बस दुर्घटनामा १९ जनाको मृत्यु , चालक सन्तोष चौधरी सम्पर्कविहीन 

 धादिङ, ११ कात्तिक।  राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको घाटबेँशीमा त्रिशुली नदीमा आज बिहान खसेर दुर्घटना हुँदा अहिलेसम्म १९ जनाको शव फेला परेको छ । 

मृत्यु हुने पुरुषको संख्या १२ र महिलाको संख्या सात रहेको र तीमध्ये दुई जनाको सनाखत भएको छ । मृतक सप्तरी जिल्ला निवासी ६ वर्षीय आदित्य यादव र भारत मधुवनीको ममतादेवी ठाकुर रहेका छन् ।

गाडीमा ५५ जना यात्रु रहेकोमा १५ जनाको जीवितै उद्धार गरिएको र १९ जनाको शव फेला परेको र अझै २० जना हराइरहेको अनुमान जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । घटनास्थलमा उद्धार कार्य जारी रहेको र सुरक्षाका तीनवटै निकाय परिचालन गरिएको छ । (रासस)
–––

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org