ताजा समाचार

म अदालतको फैसलाको स्वागत गर्छु: अष्ट्रेलियाली उपप्रधानमन्त्री

क्यानबेरा, अष्टे«लिया, १० कात्तिक (रासस÷एपी)  । अष्ट्रेलियाको संविधानले दोहोरो नागरिकता भएका नागरिकहरुलाई निर्वाचत हुन प्रतिबन्ध लगाएको भन्दै उपप्रधानमन्त्री बर्नबी जोइस पनि सांसद तथा सत्तामा रहन अयोग्य ठहरिनुभएको यहाँको उच्च अदालतले निर्णय सुनाएको छ ।

अष्ट्रेलियाको एउटा उच्च अदालतले त्यहाँका उपप्रधानमन्त्री जोइस र अन्य चार राजनीतिज्ञले दोहोरो नागरिकता लिएको भन्दै उनीहरु गलत तरिकाले निर्वाचित भएको फैसला सुनाएको हो ।

अदालतको फैसला लगत्तैपछि बोल्दै उपप्रधानमन्त्री जोइसले अदालतले आफूसहित अन्य चार राजनितिज्ञ विरुद्धको फैसलाप्रति प्रतिक्रिया दिँदै भन्नुभयो, “म अदालतको फैसलाको सम्मान गर्छु ।”

अदालतको उक्त निर्णयको मतलब अब उपप्रधानमन्त्री जोइससहित तीन राजनीतिज्ञहरु कार्यालयमा रहन अयोग्य भएका छन् । जोइस बाहेक बाँकी अन्यले भने गत जुलाईमा नै कार्यालय छोडिसकेका छन् ।

अस्ट्रेलियाको संविधानले दोहोरो नागरिकता भएका नागरिकहरुलाई निर्वाचित हुन प्रतिबन्ध लगाए अनुसार उच्च अदालतका निर्णय आएको हो ।

सरकारबाट उपप्रधानमन्त्री बाहिरिँदा अष्ट्रेलियाको सरकारको संसदमा बहुमत रहने छैन । गत अगष्टमा न्यूजिल्याण्डको नागरिकता त्यागेका जोइसले आफूलाई तल्लो सदनका लागि पुन निर्वाचित गर्न आह्वान गर्नुभएको छ । यदि उहाँ उप–निर्वाचनमा निर्वाचित भएमा संसद्मा फर्किन पनि सक्नुहुन्छ ।

यसैबीच अष्टे«लियाको विपक्षी लेबर पार्टीले भने उपप्रधानमन्त्री जोइस अयोग्य ठहरिएकाले उहाँले उपप्रधानमन्त्रीका रूपमा गरेका सबै निर्णयहरुको पुनःसमीक्षा हुनुपर्ने दावी गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org