उच्च वायु मण्डलमा न्यूनचापीय क्षेत्रको विकासले देशभर बद्ली
काठमाडौँ, ११ कात्तिक । उच्च वायु मण्डलमा न्यूनचापीय क्षेत्रको विकासका कारण आज देशभरका पहाडी र पूवी तराई क्षेत्रमा बद्ली भएको छ ।
पूर्वी भूभागको दक्षिण क्षेत्र सानो न्यूनचापीय क्षेत्र विकास भएको र पश्चिमी भूभागको उच्च वायु मण्डलमा न्यूनचापीय रेखा रहेकाले यसको प्रभावस्वरुप बद्ली भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
“देशभर पहाडी क्षेत्रमा पूर्ण बद्ली छ जलवास्पयुक्त हावाको कमीले गर्दा एक÷दुई स्थानमा मात्र पानी पर्ने सम्भावना छ,”– उहाँले भन्नुभयो । पूर्वी तराई भेगमा कमजोर न्यूनचापीय क्षेत्रको विकास भएकाले सामान्य बद्ली रहेको छ ।
मौसमविद् अर्यालका अनुसार देशका पहाडी र मध्य तथा पूर्वी भेगमा अझै दुई दिन बद्ली रहनेछ । राति आकासमा बादल लागेकाले आज काठमाडौँको न्यूनतम तापक्रम बढेर १३.६ डिग्रिसेल्सियस पुगेको छ । कात्तिकको पहिलो साता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम नौदेखि ११ डिग्रिसेल्यिससम्म पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज काठमाडौँको न्यूनतम १३.६ र अधिकतम २६.६ डिग्रिसेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा तीन र सबैभन्दा बढी सिमरामा र भैरहवामा ३० डिग्रिसेल्सियस रहेको छ । पूर्वका ओखलढुंगाललगायत पहाडी क्षेत्रमा वर्षात्को सम्भावना रहेको महाशाखाको अनुमान छ । (रासस)
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...