ताजा समाचार

अब नेपाली आकाशमा प्रभूको नयाँ रोविन्सन आर ६६ हेलीकोप्टर उड्ने

काठमाडौं, १२ कात्रिक । अब नेपाली आकाशमा प्रभुको नयां रोबिन्सन आर ६६ हेलिकोप्टर उड्ने भएको छ । हेलिकोप्टर जडान कार्य अन्तिम चरणमा रहेको र परीक्षण फ्लाईटगरी नर्मल अपरेसन गर्ने कम्पनीले जनाएको छ । हेलिकोप्टर जडान कार्य प्रभुकै इन्जिनियरिंग टोलीले पोखरामा अवस्तित आफ्नै ह्यांगरमा गरिरहेको र अन्तिम निरिक्षण बिदेशी इन्जिनियरले गर्नेछन् ।

9N- AMJ रजिस्ट्रेसन पाएको ऊक्त जहाज अक्टोवरमा अमेरिकाको कालिफोर्नियावाट पोखरा पुगेको थियो । नोवेम्बेर पहिलो हप्तामा “सी ओफ ए “ फ्लाईट सकेर जहाज लाई बयाब्सयिक उडान गराउने कम्पनिको भनाई छ । यो रोबिन्सन आर ६६ हेलिकोप्टर दृश्य अवलोकन, हवाई फोटोग्राफी , फिल्म सुटिंग, खोजि र उद्धार सेवाहरुमा निकै उपयोगी रहेको छ । नयां आर ६६ हेलिकोप्टरको आगमनसंगै प्रभुको एक थान आर ४४ र दुई थान आर ६६ गरी जम्मा ३ थान हेलिकोप्टर भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org