ताजा समाचार

भैसी चराउन जाँदा जंगलमा यौनसम्पर्क, देखेपछि साथीसँग मिलेर भाईको हत्या


सिरहा, १२ कात्तिक । सिरहाको कर्जन्हा–२ की १६ वर्षिया प्रियंका यादवले आफ्नो यौनकाण्ड लुकाउन भाइको हत्या गरेकी छिन् । यादवले साथीसँग मिलेर आफ्नै ठूलोबुवाको छोरा १३ वर्षिय छोरा भवेश यादवको हत्या गरेकी हुन् ।

१४ वर्षिय सञ्जय साहसँगको यौन सम्बन्ध खुल्ने डरले प्रियंकाले साहसँग मिलेर ठूलोबुवा कुसुमलाल यादवको १३ वर्षिय छोरा भवेशको कात्तिक ३ गते हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या घटनामा संलग्न उनीहरु दुवैलाई प्रहरीले पक्राउ गरेर छानबिन सुरु गरेको छ । भैसी चराउन गएको वेला प्रियंका र सञ्जयलाई आपत्ति जनकअवस्थामा देखेका भवेशले काका र आफन्तलाई सुनाइदिने भनेपछि उनीहरु दुबै मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे आईतबार पत्रकार सम्मलेन गरी इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको हो । गत कात्तिक ३ गतेदेखि घरबाट हराएका भवेशको शव घर ननिकैको सिशमको जंगलमा वनमारा घारीमा कुहिएको अवस्थामा ५ गते बेलुका फेला परेको थियो । प्रियंकाले नै साथीहरुसँग भैसी चराउन गएको बेला शव देखेको र शव नजिकै भाइ भवेशको हातमा लगाउने बाला र चप्पल देखेपछि भवेशकै शव भएको भन्दै घरमा खबर गरेका थिए ।

प्रियंका र सञ्जयले आफूहरुको यौन काण्ड सार्वजनिक नगर्न अनुरोध गर्दा उनले अभिभावकलाई सुनाउने भनेपछि आफूहरुले हत्या गर्ने योजना बनाएको कुरा प्रहरीलाई बताएको प्रहरीले जनाएको छ ।

योजना अनुरुप नै भवेशसँग समेत अतिमिल्ने र ४ कक्षामा एउटै विद्यालयमा पढ्ने साथी सञ्जयले हामीले पटाका र एउटा मोबाइल भेटेका छौं तिमीलाई पनि दिन्छौं, भन्दै घर नजिकैको वनमा लगेर हत्या गरेको सञ्जयले प्रहरीलाई बयान दिएका छन् ।

प्रियंका र सञ्जयले पटाका खाल्डो खनेर लुकाएका छौं, यही छ भनि भवेशलाई खन्न लगाएर उनको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । लाश नचिनियोस् भनेर आफूहरुले जिउ र टाउको छुट्याएर फालेको उनीहरुले सुनाएको प्रहरीले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org