ताजा समाचार

संखुवासभाका श्रेष्ठको उम्मेदवारी फिर्ता, एमालेका राजेन्द्र गौतमलाई सघाउने

संखुवासभा, १३ कात्तिक । संखुवासभा जिल्लाका एकमात्र स्वतन्त्र उम्मेदवार डा. गुप्तबहादुर श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको छ । कैची चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवार श्रेष्ठले उम्मेदवारी फिर्ता लिदैं एमालेलाई सघाउने घोषणा गर्नुभएको छ ।

श्रेष्ठले अब एमाले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका राजेन्द्र गौतमलाई सघाउने भएका हुन् । प्रतिनिधिसभा सदस्यको लागि एमालेले उनलाई टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org