ताजा समाचार

नक्कली फेसबुक बनाई अश्लील कार्यको लागि सम्पर्क गर्नुहोला भन्ने युवक पक्राउ

चितवन, १३ कात्तिक । नक्कली फेसबुक ‘आइडी’ बनाई महिलालाई अश्लील कार्य गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई बदनाम गर्ने उद्देश्यले फेसबुकमा मोबाइल नम्बर र फोटो राखी अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनेर स्टाटस राख्ने गरेको आरोपमा पक्राउ गरिएको चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यले सोमबार जानकारी दिनुभयो ।

यसरी पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–४ का २७ वर्षीय नविन तिमिल्सिना रहेको उहाँले जानकारी दिनुभयो । उनीविरुद्ध नक्कली फेसबुक बनाई महिलालाई बदनाम गर्ने उद्देश्यले अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनी मोबाइल नं र फोटो हालेको भनी केही दिनअघि नै लिखित उजुरी परेको प्रहरीले जनाएको छ ।

उनलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु भएको आचार्यले जानकारी दिनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org