ताजा समाचार

अपडेटः गुल्मी र उदयपुरमा छुट्टाछुट्टै सवारी दुर्घटना, १५ यात्रुको मृत्यु, ९ घाइते

काठमाडौं, १३ कात्तिक । उदयपुर र गुल्मीमा सवारी दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । गुल्मीमा माइक्रो दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको हो ।

सोमबार तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका ४ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । दुर्घटनामा ६ जना घाइते भएका छन् । बुटवलबाट १३ जना यात्रु लिएर गाडी तम्घासका लागि छुटेको थियो । दुर्घटनामा मृत्युहुने र घाइतेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै उदयपुरको कटारीबाट ओखलढुंगा गइरहेको सुमो दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । ३ यात्रु घाइते भएका छन् । कटारीबाट १० जना यात्रु बोकेर ओखलढुंगा गइरहेको ना १ ज ३४०४ नम्बर टाटा सुमो जिप कटारी ११ मा पर्ने सिद्धिचरण राजमार्गको ठाँटी भन्ज्याङ खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए । स्थानीय बासिन्दाले जिप सडकबाट करिब ८ सय मिटर तल खसेको छ । कटारीबाट १० जना यात्रु बोकेर हिँडेको बताइए पनि बीचमा यात्रु थपिएको वा नथपिएको जानकारी नभएकाले कति यात्रु थिए भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org