ताजा समाचार

बिर्तामोडमा शुक्रबारदेखि लगाइएको कर्फ्यु पूर्ण रुपमा हट्यो

झापा, १३ कात्तिक । झापाको बिर्तामोडमा तीन देखि लगाईएको कर्फ्यु हटेको छ । अर्जुनधारामा ११ वर्षीय बालकको मृत्यु प्रकरणको विषयलाई लिएर निकालिएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि शुक्रबारदेखि बिर्तामोडमा लगाइएको कर्फ्यु पूर्ण रुपमा हटेको हो ।

आन्दोलन साम्य भएपछि दिउँसो ३ बजेदेखि पूर्ण रुपमा कर्फ्यु हटाइएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । शुक्रबार भएको प्रदर्शनका क्रममा हिंसा भड्किँदा एक जनाको ज्यान गएको थियो भने ४० जना घाइते भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org