ताजा समाचार

कांग्रेसले थप सातजना प्रतिनिधिसभाका उम्मेदवार छान्यो, आरजु देउवा कैलाली ५, अरु कहाँ ?

काठमाडौं, १३ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसले थप सातवटा निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभाका उम्मेदवारको टुंगो गरेको छ । नेपाली कांग्रेस संसदीय समितिको बैठकले सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित ७ उम्मेदवारको टुंगो लगाएको हो ।

अब देउवा पत्नी आरजु कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि चुनाव लड्ने छिन् । दोस्रो संविधानसभामा प्रधानमन्त्री देउवा डडेल्धुरासँगै कैलाली ५ बाट विजयी भएका थिए । तर, दुई मध्ये एक क्षेत्र एउटा क्षेत्र छोड्नुपर्ने कानुनी प्रावधान अनुसार कैलाली ५ छाडे । उपनिर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा निर्वाचित भएका थिए ।

त्यसैगरी यसअघि समानुपातिकमा राखिएका नेता कृष्ण सिटौलालाई झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उठाउने निर्णय कांग्रेसले गरेको छ । यस्तै कांग्रेस नेतृ अम्बिका बस्नेत काठमाडौं क्षेत्र नम्बर ३, महालक्ष्मी डिना उपाध्याय मकवानपुर २ र सीता गुरुङ तेह्रथुमबाट चुनाव लड्ने भएकी छन् ।

संसदीय समितिले गुल्मी १ मा चन्द्र भण्डारी र २ मा चन्द्र केसी, सुर्खेत २ मा हृदयराम थानी र सल्यानमा राजेन्दू बहादुर शाहलाई उम्म्मेदवार बनाउने निर्णय गरेको छ ।

कुन क्षेत्रबाट कसलाई टिकट

कृष्णप्रसाद सिटौला–झापा क्षेत्र नम्बर ३
महालक्षमी डिना उपाध्याय– मकवानपुर क्षेत्र नम्बर २
अम्बिका बस्नेत–काठमाडौँ क्षेत्र नम्बर ३
सीता गुरुङ– तेह्रथुम
आरजु राणा देउवा-कैलाली क्षेत्र नम्बर ५
डा. रामबहादुर बिसी-अर्घाखाँची
चन्द्र भण्डारी- गुल्मी क्षेत्र नम्बर १

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org