ताजा समाचार

बालकृष्ण ढुंगेल २०८६ सालसम्म जेलमै बस्नुपर्ने, आममाफी दिनै नमिल्ने

काठमाडौं, १४ कात्तिक । मंगलबार पक्राउ परेका माओवादी नेता बालकृष्ण ढुंगेल २०८६ सालसम्म जेलमा बस्ने भएका छन् । सर्वोच्च अदालतले हत्यामा दोषी ठहर गर्दै डिल्लीबजारस्थित सदरखोरमा रहेका ढुंगेल २०८६ सालमा मात्रै त्यहाँबाट मुक्त हुनेछन्।

प्रहरीले आज बिहान उनलाई पक्राउ गरी बबरमहलस्थित फैसला कार्यान्वयन निर्देशनालयमा पुर्‍याएको थियो। उनको १२ वर्ष ५ महिना २२ दिन कैद भुक्तान बाँकी रहेको निर्देशनालय ध्रुवकुमार ढकालले जानकारी दिए ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ सालमा भएको हत्यामा दोषी ठहर पूर्वसभासद् ढुंगेललाई सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। ढुंगेले यसअघि नै सात वर्ष कैद भुक्तान गरिसकेका थिए । उनले अब १२ वर्ष पाँच महिना २२ दिन थुनामा बस्नुपर्ने छ।

नेपालको संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ।

ढुंगेलको हकमा भने तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमै आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरिसकेको छ। त्यसैले ढुंगेलले पुरै कैद भुक्तानको विकल्प छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org