अनेरास्ववियु र अखिल क्रान्तिकारीको बन्यो ११ हजार १११ सदस्यीय प्रचार समिति
काठमाडौं, १५ कात्तिक । चुनाव प्रचार प्रसार गर्न अनेरास्ववियु र अखिल क्रान्तिकारीले ११ हजार १११ सदस्यीय प्रचार समिति गठन गरेका छन् । वाम गठवन्धनमा आवद्ध एमाले र माओवादीका विधार्थी संगठनहरुले ११ हजार १११ सदस्यीय संयुक्त चुनाव प्रचार समिति गठन गरेका हुन् ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीको आज बागबजारमा बसेको संयुक्त बैठकले ११ हजार १ सय ११ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको हो । भेला, प्रशिक्षण र चुनाव प्रचार संयुक्त रुपमा गर्न समिति गठन गरिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । उनले भने, ‘अब हाम्रा भेला, प्रशिक्षण र चुनाव प्रचार संयुक्त रुपमा नै हुनेछन् । आगामी निर्वाचनमा वाम गठवन्धनलाई जिताउन आजैबाट हामीहरु परिचालित भएका छौं ।’
अनेरास्ववियु र अखिल क्रान्तिकारीले आजै दिउँसो बागबजारमा उपत्यकास्तरीय संयुक्त भेला आयोजना गरेका छन् । भेलालाई एमाले नेता शंकर पोखरेल र माओवादी नेता वर्षमान पुन ‘अनन्त’ले सम्वोधन गर्दै आवश्यक निर्देशन दिने अखिल क्रान्तिकारीका उपाध्यक्ष बस्नेतले जानकारी दिए ।
Comments
अरु समाचार
-
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव हुँदै
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको...
-
मुन्दुम पदमार्गको विकासमा जुट्दै स्थानीय तह
काठमाडौं । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग भोजपुरसहित तीन वटा जिल्लाका स्थानीय तह जुटेका छन्...
-
मुगुमा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मुगु जिल्लामा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन गरेको छ।...
-
मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने...
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...
-
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राख्नुभएको छ । ‘जलवायु...
-
‘लागूऔषध दुर्व्यसन’ विरुद्द सचेतनाका लागि वक्तृत्वकला प्रतियोगिता सम्पन्न
गाईघाट । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा "लागू औषध मुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका" विषयक नगर...
-
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय...
-
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
काठमाडौं । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको...