ताजा समाचार

माओवादी केन्द्रबाट सिफारिस भएकालाई कांग्रेसले टिकट दियो

तेह्रथुम, १५ कात्तिक । तेह्रथुममा माओवादी केन्द्रबाट सिफारिस भएका नेतालाई कांग्रेसले टिकट दिएको छ । प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ सिफारिस भएका प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेलाई नेपाली कांग्रेसले टिकट दिएको हो ।

पाँच वर्षअघि कांग्रेस छाडेर माओवादी प्रवेश गरी माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारसमेत भइसकेका सम्बाहाम्फे मंगलबार साँझ पुनः कांग्रेसमै फर्किएका थिए । सम्बाहाम्फेलाई नेपाली कांग्रेसले तेह्रथुमबाट प्रदेशसभा सदस्य चुनावमा ‘ख’ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ ।

उनलाई कांग्रेसले प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रमा सर्वसम्मत उम्मेदवार बनाइएको जिल्ला सभापति गोविन्द ढुंगानाले जानकारी दिए । वाम–गठबन्धनबाट असन्तुष्ट भएर कांग्रेसमा ‘कम–ब्याक’ भएका सम्बाहाम्फेलाई मंगलबार बालुवाटारमा एक कार्यक्रमकाबीच कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गरेका थिए ।

तेह्रथुमको फेदाप गाउँपालिका–३, जलजले स्थायी घर भएका सम्बाहाम्फे गृह जिल्लामा माओवादी केन्द्रका प्रभावशाली नेता मानिन्छन् । कांग्रेसमा रहँदा संविधानसभा–१ चुनावमा पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका सम्बाहाम्फे पार्टी जिल्ला कार्यसमितिको तत्कालिन कोषाध्यक्ष थिए ।

२०६४ मा भएको संविधान सभा–२ को चुनावको मुखैमा नेकपा माओवादीमा प्रवेश गरेका थिए । परिवर्तनको बाहकको रुपमा आफूले लिएको माओवादी पार्टी वाम–गठबन्धन भन्दै नेकपा एमालेसँग घुँडा टेक्न गएर धोका दिएको भन्दै कांग्रेसमै फर्किएको उनको प्रतिक्रिया छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org