ताजा समाचार

विद्याशुन्दरले काम गर्न नसकेको भन्दै एमालेले विशेष सहयोगी खटायो

काठमाडौं, १५ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जनचाहनाअनुसार काम गर्न नसकेको भन्दै नेकपा एमालेले विशेष सहयोगी खटाएको छ । शाक्यले काम गर्न नसक्दा एमालेको शाख खस्किएको भन्दै विशेष सहयोगी खटाएको हो ।

नेकपा एमालेले जनभावनाअनुसार उनी चल्न नसकेको भन्दै निजी सल्लाहकारका रुपमा राजेन्द्र स्थापितलाई महानगरपालिकामा मेयरलाई सहयोग गर्नका लागि खटाएको हो । जनआस्था साप्ताहिकका व्यवस्थापकीय सम्पादक राजेन्द्र स्थापितलाई नेकपा एमालेले काठमाडौंका मेयर शाक्यको निजी सल्लाहकारका रुपमा महानगरमा पठाएको हो । स्थापितलाई महानगरको बोर्ड बैठकको निर्णयअनुसार कात्तिक १ बाट नियुक्त गरेको हो ।

काठमाडौंकी उपमेयर हरिप्रभा खड्गीलगायत केही कर्मचारीहरु शाक्यले काठमाडौंको आवश्यकता तथा नगरबासीको चाहनाअनुसार चित्तबुझ्दो तरिकाले काम गर्न नसकेपछि स्थापितलाई ‘सहायक मेयर’ का रुपमा महानगर भित्र्याइएको बताउँछन् ।

शाक्य आफ्ना निर्णयमा बारम्बार असफल भएपछि समग्र पार्टीकै छवी धमिलिने डरका कारण एमालेले स्थापितलाई शाक्यको सल्लाहकारमा नियुक्त गरेको महानगरका केही अधिकृतको बुझाइ छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org