ताजा समाचार

पूर्वसभामुख दमननाथ ढुंगाना २३ वर्षपछि चुनावी मैदानमा

काठमाडौं, १६ कात्तिक । पूर्वसभामुख दमननाथ ढुंगाना भक्तपुर २ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले ढुंगानालाई भक्तपुर २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेको हो । तर उक्त निर्णयमा भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाको असहमति देखिएको छ ।

कांग्रेस संसदीय समितिले ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ढुंगाना ०४८ मा काठमाडौं २ बाट जितेका थिए । त्यसबेला पनि उनले वाम गठबन्धनका मल्लके सुन्दरलाई हराएका थिए । मल्लके सन्दुरलाई एमालेको पनि समर्थन थियो ।

०५१ मा भने ढुंगाना विद्या भण्डारीसँग पराजित भए । त्यसपछि ढुंगाना संक्रिय राजनीतिमा रहेनन् । ढुंगाना झण्डै २३ वर्षपछि चुनावी मैदानमा उत्रिएका छन् । उनको प्रतिस्पर्धा एमालेका युवा नेता महेश बस्नेतसँग हुनेछ, जसलाई माओवादीको समर्थन छ ।

कांग्रेसले भक्तपुर १ मा बाबुराजा जोशीलाई उम्मेदवार बनाएको छ । प्रदेशसभातर्फ ‘क’ मा जीवन खत्री र खमा अनिल भुजुले टिकट पाएका छन् भने २ को ‘क’मा दुर्लभ थापा र खमा गणेशमान चत्रचरलाई उम्मेदवार बनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org