ताजा समाचार

काठमाडौं १ मा रवीन्द्र मिश्रको उम्मेदवारी दर्ता, उम्मेदवारी दर्ता गर्दै के भने ?

काठमाडौं, १६ कात्तिक । विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उनले अब नेपाली कांग्रेसका प्रकाशमान सिंह र वाम गठबन्धनका अनिल शर्मासँग प्रतिस्पर्धा गर्नेछन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मिश्रले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्।

उम्मेदवारी दर्ता गराउँदै मिश्रले चुनाव एक सय १० प्रतिशत जित्ने दावी गरेका छन् । पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले विभिन्न खाले गठबन्धन र उच्चस्तरका नेताहरुको आचरणको कारणले गर्दा यसपाली आफूले एक सय १० प्रतिशत चुनाव जित्ने बताए । वास्तविक समृद्धि तर्फको यात्राको पहिलो कदम काठमाडौं क्षेत्र नम्बर एकबाट सुरु हुने पनि मिश्रले बताए ।

बीबीसीबाट राजीनामा दिएर नेपाली राजनीतिमा लाग्नुभएका मिश्रले साझा पार्टी नामक राजनीतिक दलको घोषणा गरेका थिए । पछि उनले उज्जल थापा नेतृत्वको विवेकशील पार्टीसँग एकिकरण गरेर विवेकशील साझा पार्टी बनाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org