ताजा समाचार

१७ किलो सुनसहित एक युवक पक्राउ, भाग्दै गर्दा प्रहरीले यसरी समात्यो

लमजुङ, १६ कात्तिक । लमजुङमा १७ किलो सुनसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनाङको नासोङ गाउँपालिका ९ का पासाङ गुरुङ रहेका छन् । चेकजाँचको क्रममा उनी पक्राउ परेको र उनीमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । यसअघि पक्राउ पर्नेमा वडाअध्यक्ष बताईएको थियो । तर दुवैका नाम मेल खाएकाले पक्राउ पर्ने व्यक्ति वडाअध्यक्ष नभएको डीएसपी विष्टले जानकारी दिए ।

प्रहरीले मर्स्याङ्दी गाउँपालिकाको खुदीबाट गुरुङलाई सुनसहित पक्राउ गरेको हो । मनाङ तर्फबाट मोटरसाइकलमार्फत झर्दै गरेका युवकले सुनलाई झोलामा लिएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार आनाकानी गरी मोटरसाइकलमा आउँदै गरेका ती युवक प्रहरीले चेकिङका क्रममा रोकेपछि भागेका थिए । प्रहरीले ती युवालाई भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट पक्राउ गरेको हो ।

डीएसपी पदमबहादुर विष्टले १७ थान सुन समातिएको बताए । ‘हेर्दा सुन हो । उनले पनि सुन नै भनेका छन् । यसको तौल के कति हुन्छ जोख्नु पर्छ । सामान्यतय एक थानमा एक किलो हुने गरेको छ,’ उनले भने । प्रहरीले विस्तृत विवरण बताएको छैन । उनले सुन बोक्न प्रयोग गरेको बा५८प ४२९१ नम्बरको मोटरसाइकल समेत समातिएको डिएसपी विष्टले बताए ।

सम्पादकः यसअघि वडाअध्यक्षको नाम मुछिनगएकाले सच्याईएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org