ताजा समाचार

चुनावको मुखैमा कांग्रेस सभापति शेरबहादुर नै एमालेमा प्रवेश

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चुनावको मुखैमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पूर्व सभापति शेर बहादुर ढांटले नेकपा एमालेमा प्रबेश गरेका हुन् ।

२०४६ सालबाट नै नेपाली काग्रँसको राजनीतिक जीवन शुरुवात गरेका ढाँटलाई नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नम्बर ७ का ईन्चार्ज भिम रावलले पार्टीमा स्वागत गरेका हुन ।

\२०४६ सालको आन्दोलन देखि तत्कालिन जिल्ला विकास समितिको सदस्य समेत भइसकेका ढाटले नेकपा एमालेले मात्रै देशलाई निकास र विकास दिने सक्ने भएकोले काग्रेससंगको ३० वर्षिय राजनितिक यात्रालाई पूर्णविराम लगाएर एमालेमा आएको बताए । पूर्व पार्टी सभापतिसंगै एक दर्जन बढी युवाहरुले एमालेमा प्रवेश गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org