ताजा समाचार

कोमल वलीलाई एमालेबाट पनि धोका, अब स्वतन्त्र उम्मेदवारी दिने

दाङ, १६ कात्तिक । चर्चित गायिका कोमल वलीले दाङ–३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । एमालेले आफुसँगै खेलवाड गरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिने बताएकी हुन् । उनले भनिन्–एमालेले खेलवाड गर्यो, म अब स्वतन्त्र रूपमै दाङ– ३ मा उठ्ने भएँ।

आफूलाई प्रत्यक्षमा चुनाव लडाउने भन्दै समानुपातिकको सूचीमा पनि पार्टीले नराखेको उनको भनाई छ । ‘मैले पाँच दिनअघि समानुपातिकका लागि फारम भरेकी थिएँ, तर पार्टीले तपाईँ समानुपातिकमा होइन प्रत्यक्ष लड्ने हो भन्यो,’ उनले भनिन्, ‘अहिले भने ममाथि खेलबाड भयो, म भर्खर राजनीति बुझ्दै छु।’

आफूले टिकट नपाएपछि एमाले नेता शंकर पोखरेलले सरी भनेको उनले बताइन्। ‘मैले सकिनँ, सरी ! पार्टी अध्यक्षसँग कुरा राखिदिन्छु,’ पोखरेललाई उदृत गदै उनले भनिन्। वली राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर महिना दिनअघि एमाले प्रवेश गरेकी थिइन्। गत फागुनमा भएको राप्रपाको महाधिवेशन उनी राप्रपा केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। रेडियो नेपालकी पूर्वसमाचारवाचिका वली चर्चित लोकगायिका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org