ताजा समाचार

कमल थापाद्वारा मकवानपुर–१ बाट उम्मेदवारी मनोनयन दर्ता

हेटौंडा, १६ कात्तिक । उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले मकवानपुर क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका छन् । थापाले प्रतिनिधि सभाको सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट मुख्य निर्वाचनको कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले त्यस अवसरमा मुलुकमा वाम गठबन्धनबाट उत्पन्न भएको परिस्थितिले नेपाली कांग्रेसको नेतृत्वमा राप्रपाले सहकार्य गर्दै जाने बताए । उनले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी छनोट गर्ने क्रममा कांग्रेस र राप्रपाको बीचमा सामान्य वादविवाद रहे पनि लोकतान्त्रिक गठबन्धनमा कुनै पनि असर नपुग्ने स्पष्ट पारे । उम्मेदवारी दर्ता गर्न थापा बिहीबार राप्रपा पार्टी कार्यालयबाट र्‍यालीका साथ मुख्य निर्वाचनको कार्यालयमा पुगेका थिए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org