ताजा समाचार

विश्वका १०० प्रभावशाली महिलाको सूचीमा अभिनेत्री प्रियंका चोपडा

एजेन्सी, १६ कात्तिक । विश्वका १०० प्रभावशाली महिलाको सूचीमा बलिउड अभिनेत्री प्रियंका चोपडा पनि परेकी छन् । चर्चित म्यागजिन फोब्र्सले उनलाई मनोरन्जन र मिडिया दुनियाको सबैभन्दा प्रभावशाली महिलाको सूचीको १५ औं स्थानमा राखेको हो । यो सूचीमा चर्चित पप गायिका बियोन्स चौथो स्थान र गायक टेलर स्विफ्ट १२ औं स्थानमा परेका छन् ।

यो म्यागजिनको सबै श्रेणीको सूची भित्र भने प्रियंका ९७ औं स्थानमा अटाएकी छन् । सूचिमा जर्मनीकी चान्सलर पहिलो स्थानमा रहेकी छन् । गायिका बियोन्स ५० औं र टेलर ८५ औ स्थान छिन् । १०० प्रभावशाली महिलाको सूची भित्र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इवाम्का पनि अटाएकी छन् ।

सामाजिक काममा पनि देखिदै आएकी प्रियंका बलिउड तथा हलिउड अभिनयमा समेत सक्रिय छिन् । एक हलिउड टेलिभिजन शोमा नियमित काम गरिरहेकी प्रियंका अमेरिकी टेलिभिजन शोमा काम गर्ने पहिलो भारतिय कलाकार पनि हुन् ।

फोब्र्सले सार्वजनिक गरेको सबैभन्दा बढी कमाइ गर्ने अभिनेत्रीको सुचिमा भने प्रियंका ८ औं स्थानमा छिन् । गतबर्ष प्रियंकाको नाम यो सुचिको १० औं स्थानमा समावेश थियो । फोब्र्सले जारी गरेको बलिउडका १० कमाउ अभिनेत्रीको सुचिमा भने उनी ७ स्थानमा परेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org