ताजा समाचार

उम्मेदवारी दिँदै गणेश लामाले भने, ‘मलाई राज्य र मिडियाले गुण्डा बनायो’

काभ्रे, १६ कात्तिक । गुण्डा नाइकेका रुपमा चर्चित डन गणेश लामाले आफुलाई राज्य र मिडियाले गुण्डा बनाएको आरोप लगाएका छन् । काभ्रे क्षेत्र नम्बर १ क बाट प्रदेशसभा उम्मेदवार बनेका लामाले आफु गुण्डा नभई साहसी युवा भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘म गुण्डा होइन, मलाई तत्कालिन राज्य र मिडियाले गुण्डा बनाएका हुन् ।’

लोकतन्त्रको रक्षा र कम्युनिष्ट शासन रोक्नका लागि आफूलाई कांग्रेसले जिम्मेवारी दिएको दाबी गरेका छन् । लामाको प्रतिस्पर्धा एमाले सम्बद्ध युवा संघका उपाध्यक्ष चन्द्र लामासँग हुँदैछ । यसअघि फोरम लोकतान्त्रिकमा आबद्ध लामा पार्टी एकीकरणसँगै कांग्रेसको उम्मेवार बनेका हुन् ।

लामाविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा चलिरहेको छ । उनीविरुद्ध हातहतियार तथा खरखजना तथा फिरौतिको मुद्दा बिचाराधीन छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org