ताजा समाचार

नारायणमान विजुक्छे चुनाव लड्न किन डराए ? उम्मेदवार नै बनेनन्

काठमाडौं, १६ कात्तिक । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छे यो पटक उम्मेदवार नै बनेनन् । लगातार ५ पटक चुनाव जितेका विजुक्छे यो पटक भने उम्मेदवार नै बनेनन् ।

प्रतिनिधिसभाका लागि भक्तपुर क्षेत्र नम्बर १ मा प्रेम सुवाल र २ मा अनुराधा थापा मगरले मनोनयन दर्ता गरेका हुन् । दुबै निवर्तमान सांसद हुन् । प्रदेशसभातर्फ १ को ‘क’मा निरज लवाज र ‘ख’मा सुरेन्द्र गोसाई तथा २ को ‘क’सरोजराज गोसाई र ‘ख’मा प्रेमजन थापाले उम्मेदवारी दिएका छन् । नयाँ पुस्तालार्इ अवसर दिन आफू चुनावमा नउठ्ने निर्णय गरेको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org