ताजा समाचार

दोस्रो चरणको निर्वाचनको लागि ४५ जिल्लामा यस्तो रह्यो मनोनयन दर्ता (फोटोफिचर)

काठमाडौं, १६ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण चुनावमा प्रत्यक्ष प्रणालीतर्फका लागि आज ४५ जिल्लामा मनोनयन दर्ता भएको छ । मंसिर २१ मा हुने दोस्रो चरण चुनावका लागि प्रत्यक्ष चुनाव लड्न इच्छुक उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले बिहीबार दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा काठमाडौँ ८ बाट मनोनयन दर्ता गर्दै । तस्वीर: नवीन पौडेल, रासस

यस चुनावबाट दुवै तहमा गरी ३ सय ८४ प्रतिनिधि छानिनेछन्। जसमा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ प्रतिनिधि छनोट हुनेछन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा चितवन–३ बाट मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै । तस्वीरः नारायण अधिकारी, चितवन, रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org