ताजा समाचार

एक लाख घूससहित भूमिसुधारका उप-सचिव अख्तियारको नियन्त्रणमा

काठमाडौं, १७ कात्तिक । भूमिसुधार कार्यालय राजविराजका प्रमुख (उप-सचिव) प्रकाशप्रसाद पोखरेल पक्राउ परेका छन् । एक लाख रुपैयाँ घूस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको हो ।

पोखरेलले जग्गा मोहियानी हक उपलब्ध नगराई विभिन्न बहानामा सेवाग्राहीसँग घूस लिएका अख्तियारले जनाएको छ । पोखरेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम एक लाख रुपैयाँ बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org