विकास सपना देखाएर भोट माग्दै उम्मेदवार
धादिङ, १८ कात्तिक । निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवार गाउँ÷गाउँमा सभा र भेटघाट गर्दै मतदातासँग आफ्नो पक्षमा मत माग्दै हिँडेका छन् ।
मौसम चिसिए पनि चुनावी सरगर्मी तातेको छ । गाउँवासी मेलापातमा रहने समय भएकोले उम्मेदवार पनि गाउँमा भेला गर्दै हिँड्ने र किसानलाई मेलापातमै भेटेर चुनावी अभियान सञ्चालन गरिरहेको देखिन्छ ।
वाम गठबन्धनका उम्मेदवार धादिङको गाउँबस्तीमा सभा गरिरहेका छन् । सदरमुकाम आसपासको क्षेत्रमा कार्यकर्ता भेटघाट र किसान मतदातासँग गुनासो सुन्ने र सम्बोधन गर्ने कार्यक्रममा व्यस्त रहेको नेकपा एमालेका प्रदेशसभाका उम्मेदवार डा रामकुमार अधिकारीले बताए ।
लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विकट उत्तरी धादिङको लापा, तिप्लिङ, सेर्तुङमा दिउँसो सभा र बेलुका कार्यकर्ता भेटघाटमा व्यस्त भएको नेपाली काँग्रेस प्रतिनिधि सभाका उम्मेदवार दिलमान पाख्रीनले बताए ।
लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन दुवैले बूढीगण्डकी परियोजना सञ्ंचालन, भूकम्पपीडितको पुनःनिर्माण, कृषि व्यावसायिक क्षेत्र, पर्यटनको पूर्वाधार विकास र आम्दानी बढाउने योजना, सडक योजनाको निर्माण लगायतका विषयलाई चुनावी नारा बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
प्रतिनिधिसभाको २ निर्वाचन क्षेत्र र प्रदेश सभामा– ४ निर्वाचन क्षेत्र रहेको धादिङमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्दा कडा हुनेदेखिन्छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १८ हजार १५० मतदाता रहेका छन् ।
यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका खेमप्रसाद लोहनी र लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका दिलमान पाख्रिन उम्मेदवार भएका छन् । दिलमान पाख्रिन वर्तमान सरकारका कानून राज्यमन्त्री समेत हुन् ।
प्रतिनिधिसभा क्षेत्र नं २ एक लाख १५ हजार ३५५ मतदाता रहेकाछन् । प्रदेशसभामा वामगठबन्धनमा नेकपा एमाले र माओवादी केन्द्रले दुई/दुई क्षेत्र भागबण्डा गरेका छन् भने लोकतान्त्रिक गठबन्धनमा नेपाली काँग्रेसले ३ क्षेत्र लिएको छ भने १ क्षेत्र राप्रपालाई छाडेको छ । यसअघि प्रत्यक्ष निर्वाचनमा भाग लिँदै आएका राप्रपाका वुद्धिमान तामाङ यसपटक प्रत्यक्ष निर्वाचनमा सहभागी भएका छैनन् ।
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












