ताजा समाचार

आफु विरुद्ध नै बागी उठेपछि महन्थ ठाकुरले निकाले यस्तो विज्ञप्ती

काठमाडौं, १९ कात्तिक । राजपाले बागी उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई बागी उम्मेदवारी फिर्ता लिन चेतावनी दिएको छ । राजपा संयोजक महन्थ ठाकुरले आज एक प्रेस विज्ञप्ती जारी गर्दै राजपा नेपालको निर्णय विपरित पार्टीका आधिकारी उम्मेदवार विरुद्ध प्रतिनिधि वा प्रदेश सभा निर्वाचनमा बागी उम्मेदवारी नदिन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन ।

पार्टी निर्णय विरुद्ध कोही उठेको भए बागी उम्मेद्वारी तत्काल फिर्ता लिन आग्रह गरेका छन् । यदि उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाटै निष्काशन गर्ने चेतावनी दिएका छन् । साथै राजपाले बागी उम्मेदवारी फिर्ता लिई राजपा नेपाल र संघीय समाजवादी फोरम गठवन्धनका आधिकारीक उम्मेदवारको पक्षमा लाग्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । विज्ञप्तीमा भनिएको छ,‘पार्टी अनुशासन विपरित जानेलाई पार्टीको नियमनुसार साधारण सदस्य समेत नरहनेगरी हदैसम्मको कारबाही गरिने भएकाले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न अनुरोध गरिन्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org