ताजा समाचार

अन्ततः नेपाल परिवार दलले गर्‍यो यस्तो निर्णय, बाबुरामलाई ठूलै धक्का

काठमाडौं, २० कात्तिक । नेपाल परिवार दलले बाम गठबन्धनलाई सहयोग गर्ने भएको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि नेपाल परिवार दलले नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धलाई सघाउने निर्णय गरेको हो ।

गोरखामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष एकनाथ ढकालले गोरखालगायत मुलुकभरी बाम गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् । समानुपातिक तर्फ देशभरका परिवार दलका नेता कार्यबर्ताहरु र परिवार दलका सुभचिन्तकहरुलाई सुर्य चिन्हमा मतदान गर्न परिवार दलका अध्यक्ष ढकालले आह्वान गरेका हुन ।

समानुपातिक तर्फ प्रदेश तथा संघको सुर्य चिन्हमा र प्रदेश तथा संघको प्रत्यक्ष तर्फ बाम गठबन्धनको उम्मेदवारहरुलाई मतदान गर्न अनुरोध गरेका हुन् । गृह जिल्लाबाट चुनावी अधियानलाई तिब्र बनाउन देश भरका नेता तथा कार्यकर्ताहरुलाई उनले आह्वान गरेका छन ।

गोरखामा वाम गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेपछि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई ठूलो धक्का लागेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org