ताजा समाचार

पहिलो पटक मदन भण्डारीको जन्मघर पुगे केपी ओली (फोटोफिचर)

ताप्लेजुङ, २० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक जननेता मदन भण्डारीको जन्मघर पुगेका छन् । अध्यक्ष ओली ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुगेसाँघुको ढोटनेमा रहेको जननेता मदन भण्डारीको जन्मघरमा पहिलो पटक पुगेका हुन् ।

वाम गठवन्धनको पक्षमा माहोल बनाउन पहिलो चरणमा निर्वाचन हुने पुर्वी नेपालको ताप्लेजुङ सदरमुकामा आउने क्रममा बाटोमै रहेको ढुगेसाँघुस्थित मदनको घरमा ओली हेलिकोप्टरबाट पुगेका हुन् । त्यहाँ पुगेर ओलीले मदन भण्डारीको तस्बिरमा माल्यापर्ण गरे ।

माल्यार्पणपछि अध्यक्ष भण्डारीको घर भित्र अवलोकनका साथै स्थानीयबासीलाई सम्बोधन गर्दै ओलीले मदनको जन्म गाउँलाई प्रचार प्रसार गरेर राजनीतिक पर्यटन केन्द्र बनाउने बताए ।

ओलीले जननेता भण्डारीको घरलाई आवश्यक पूर्वाधार गरी जीर्णोद्वार गर्ने समेत दाबी गरे । केही दिन अगाडि राष्ट्रपति एवम् मदनकी धर्मपत्नी विद्यादेवी भण्डारी पनि भण्डारीको जन्मघरमा पुगेर फर्किएकी थिईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org