ताजा समाचार

एनआईसी बैंकको शाखा अब झापा र सुनसरीमा, देशभर १३३ शाखा कार्यालय

झापा, २० कात्तिक । एनआईसी एशिया बैंकले झापा र सुनसरीमा गरी थप दुई वटा शाखा विस्तार गरेको छ । झापाको गौरादह नगरपालिका र सुनसरीको इटहरी उप–महानगरपालिकामा सोमबार शाखा विस्तार गरेको हो । दुबै स्थानीय तहका प्रमुखबाट शाखा उद्घाटन गरिएको हो ।

२ शाखा विस्तारसंगै यस बैंकले देशभर १३३ शाखा कार्यालय पुगेका छन् । यस बैंकले १४१ एटिएम काउन्टर संचालन गरेको छ । बैंकले हरेक स्थानीय तहमा शाखा विस्तार गर्ने अभियान अनुशार विस्तार गर्दै गएको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्षमण रिसालले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org