यि हुन्, आफैँलाई भोट हाल्न नपाउने अनलक्की १२ ‘हेभिवेट’
काठमाडौं, २० कात्तिक । मंसिर १० र २१ गते दुई चरणमा गरी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । यतिबेला राजनीतिक दलहर चुनावी गतिविधिमा व्यस्त छन् । निर्वाचन नजिकिदैं गर्दा सबैलाई यसको चटारो छ । संघीय कानुन अनुसार नेपालको इतिहासमा पहिलो पटक हुन लागेको चुनावमा राजनीतिक दलहरुका शीष नेताहरुदेखि तल्लो स्तरकासम्म सक्रिय भएर लागेका छन् ।
राजनीति दलहरुले पनि जित्न सक्ने नेतालाई सम्बन्धित क्षेत्रको उम्मेदवार बनाएका छन् । मतदान गर्ने क्षेत्र एक भएपनि जित्नसक्ने आधारमा अर्को क्षेत्रको उम्मेदवार भएर भोट माग्दै आईरहेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनले एउटै व्यक्ति दुई ठाउँबाट उम्मेदवार हुनबाट रोकेको छ।
उक्त ऐनको दफा १४ को १ मा पहिलो हुने निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा एक व्यक्तिले एक पटकमा कुनै पनि एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्ने व्यवस्था छ। त्यसैले अघिल्ला निर्वाचनमा जस्तो यो पटक मंसिर १० र २१ मा दुई चरणमा एकै पटक हुन प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेताहरु एउटामात्रै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका छन्।
दलका नेताहरु कोही आफ्नै गृहजिल्लाको निर्वाचन क्षेत्रबाट उम्मेदवार भएका छन् भने कोही आफ्नो निर्वाचन क्षेत्र छोडेर अर्को जिल्ला वा क्षेत्रबाट उम्मेदवार भएका छन्। आफ्नो मतदाता नामावली जहाँ छ त्यहीँबाट मत हाल्नुपर्ने संवैधानिक व्यवस्था छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३८ को १ मा निर्वाचन क्षेत्रको कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सोही वडाको निजलाई तोकिएको मतदान केन्द्रमा मतदान गर्न पाउने छ भन्ने उल्लेख छ।
संवैधानिक व्यवस्था अनुसार मत हाल्न आफ्नो मतदाता रहेको सम्बन्धित निर्वाचन केन्द्रमै जानुपर्ने भएकाले आफू मतदाता भएको निर्वाचन क्षेत्रभन्दा बाहिर गएर प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले भने आफैलाई मत हाल्न पाउने छैनन्। यो निर्वाचनमा उम्मेदवार बनेका कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाललगायत धेरै दलका शीर्ष नेताहरुले आफूलाई आफैले मत हाल्न पाउने छैनन्।
एमाले अध्यक्ष ओलीले आफैलाई भोट हाल्न नपाउनेः
एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा सदस्यका लागि झापा–५ बाट प्रतिस्पर्धा गर्दैछन्। तर, उनको मतदाता नामावली भने भक्तपुरको सूर्यविनायक नगरपालिकामा छ। स्थानीय तह निर्वाचनअघि झापाबाट मतदाता नामावली भक्तपुर सारेकाले ओलीले प्रतिनिधि सभा निर्वाचनमा झापा–५ मा आफूलाई मत हाल्न पाउने छैनन्।
माधव नेपालको मतदाना नामावली रौतहटमा, उम्मेदवार काठमाडौंमाः
एमालेकै बरिष्ठ नेता माधवकुमार नेपालले पनि आफूलाई मत हाल्न पाउने छैनन्। नेपाल यो निर्वाचनमा आफ्नो गृह जिल्ला छोडेर काठमाडौं–२ बाट उम्मेदवार बनेका छन्। तर, उनको मतदाता नामावली भने रौतहटको गौर नगरपालिकामा छ। एमालेकै अर्का नेता भानुभक्त ढकाल यो पटक मोरङ क्षेत्र–३ बाट चुनावी मैदानमा उत्रिएका छन्। ढकालको पनि मतदाता नामावली गृहजिल्ला तेह्रथुममै रहेकाले यो पटक आफूलाई मत हाल्न पाउने छैनन्।
कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीः
नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यसपटक सुनसरी–४ बाट प्रतिस्पर्धा गर्दैछन्। उनको मतदाता नामावली गृहजिल्ला भोजपुरमै रहेकाले आफैलाई मत हाल्नबाट बञ्चित हुनु पर्नेछ। अघिल्लो पटक समानुपातिक कोटाबाट सांसद बनेको अर्थमन्त्री कार्की यो पटक भने भोजपुर छोडेर सुनसरी–४ बाट निर्वाचन लड्न लागेका हुन्।
आरजु राणा देउवाको मतदाता नामावली डडेल्धुराः
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको मतदाता नामावली डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असीग्राममा छ। अघिल्लो पटक समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बनेकी आरजु यो पटक कैलाली–५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उठेकी छिन्। उनी पनि आफैलाई मत हाल्नबाट बञ्चित हुनेछिन्। २२ वर्षपछि पूर्वसभामुख दमननाथ ढुंगानालाई कांग्रेसले भक्तपुर–२ बाट उम्मेदवार बनाएको छ। उनी काठमाडौं–२ का मतदाता हुन्। त्यसैले ढुंगानाले पनि आफूलाई मत हाल्न पाउने छैनन्।
तनहुँ १ का शंकर भण्डारी तनहुँ २ का उम्मेदवारः
कांग्रेसकै अर्का नेता शंकर भण्डारी यो निर्वाचनमा तनहुँ–२ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। उनी अघिल्लो निर्वाचनमा तनहुँ–१ बाट जितेका थिए। नेता भण्डारी मतदाता रहेको भानु नगरपालिका तनहुँ–१ मा भएकाले उनले आफैलाई भने मत हाल्न पाउने छैनन्।
कृष्णबहादुर महरा दाङ–२ बाट उम्मेदवारः
नेकपा माओवादी केन्द्रका नेता एवं विनाविभागीय मन्त्री कृष्णबहादुर महरा दाङ–२ बाट प्रतिनिधि सभा सदस्यमा उठेका छन्। रोल्पाका नेता महरा अघिल्लो पटक गृहजिल्लाबाटै निर्वाचन लडेका थिए। उनको मतदाता नामावली पनि रोल्पा नगरपालिकामै रहेकाले आफूलाई मतदान गर्न पाउने छैनन्। यस्तै, माओवादी केन्द्रकै नेता देवबहादुर गुरुङ यो पटक लमजुङबाट उम्मेदवार बनेका छन्। तर, उनको मतदाता नामावली भने मनाङको नासोङ गाउँपालिकामा छ। त्यसैले उनले पनि आफूलाई मत हाल्नबाट बञ्चित हुनु पर्नेछ।
हितमान शाक्य काठमाडौं–६ का मतदाताः
यसैगरी काठमाडौं–१० बाट उम्मेदवार बनेका माओवादीकै नेता हितमान शाक्य काठमाडौं–६ का मतदाता हुन् भने काठमाडौं–१ मा उम्मेदवार बनेका युवा नेता अनिल शर्मा रुकुम पश्चिमका मतदाता हुन्। त्यसैले शाक्य र शर्माले पनि आफूलाई मत हाल्न पाउने छैनन्।
महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवको अवस्था उस्तैः
आफैँ उम्मेदवार बनेर पनि आफैलाई मत हाल्न नपाउनेको सूचीमा मधेसवादी दलका नेताहरु पनि छन्। राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई मत हाल्न पाउने छैनन्।
ठाकुर गृहजिल्ला सर्लाही छोडेर यो पटक महोत्तरी–३ बाट प्रतिस्पर्धा गर्दैछन्। तर, उनको मतदाता नामावली सर्लाहीको बलरा नगरपालिकामा भएकाले आफैलाई मत हाल्न पाउने छैनन्। यस्तै, राजपाका अध्यक्ष मण्डलका सदस्य महतो सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मतदाता हुन्। तर, यो निर्वाचनमा महतो धनुषा–३ बाट प्रतिस्पर्धा गर्न लागेकाले आफूलाई मत हाल्न पाउने छैनन्।
Comments
अरु समाचार
-
मुन्दुम पदमार्गको विकासमा जुट्दै स्थानीय तह
काठमाडौं । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग भोजपुरसहित तीन वटा जिल्लाका स्थानीय तह जुटेका छन्...
-
मुगुमा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मुगु जिल्लामा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन गरेको छ।...
-
मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने...
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...
-
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राख्नुभएको छ । ‘जलवायु...
-
‘लागूऔषध दुर्व्यसन’ विरुद्द सचेतनाका लागि वक्तृत्वकला प्रतियोगिता सम्पन्न
गाईघाट । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा "लागू औषध मुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका" विषयक नगर...
-
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय...
-
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
काठमाडौं । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको...
-
धरानमा सांस्कृतिक महोत्सव हुँदै
काठमाडौं । धरानमा आइतबारदेखि सङ्गीत जात्रा सांस्कृति महोत्सव हुने भएको छ । गीतसङ्गीत र मनोरञ्जन धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन...