ताजा समाचार

माछापुच्छ्रे बैंकको नाफा १३ प्रतिशतले बढ्यो, ब्याज आम्दानीमा पनि सुधार

काठमाडौं, २१ कात्तिक । माछापुच्छ्रे बैंकको नाफा १३ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा गत वर्षको तुलनामा १३ प्रतिशतले नाफा बढाएको छ। बैंकले असोजसम्म २८ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ। गत बर्ष नाफा २४ करोड ६९ लाख रुपैयाँ थियो।

बैंकको ब्याज आम्दानी ६१ करोड २१ लाख रुपैयाँ छ। गत बर्षको आम्दानी ५३ करोड ५२ लाख रुपैयाँ थियो। बैंकले ६० अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ४२ करोड रुपैयाँ ऋण लगानी गरको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब तीन करोड रुपैयाँ पुगेको छ भने गत वर्षको यहि अवधिमा ४ अर्ब ६६ करोड रुपैयाँ थियो। बैंकको जगेडा कोषमा एक अर्ब २२ करोड रुपैयाँ जम्मा भएको छ।

बैंकको पूँजी कोष अनुपात १६.६३ प्रतिशत रहेको छ भने गत वर्ष ११.२९ प्रतिशत थियो। त्यस्तै खराब कर्जा ०.४५ प्रतिशत छ। प्रति शेयर आम्दानी १४ रुपैयाँमा झरेको छ। गत बर्ष २१ रुपैयाँ थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org