कांग्रेसलाई वाम गठबन्धनको प्रश्नः विचार मिल्ने पार्टी एक ठाउँमा उभिँदा रुवाबासी किन ?
काठमाडौं, २१ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार मिल्ने दुई पार्टी मिल्दा कांग्रेसले रुवाबासी गर्न नहुने बताएका छन् । दुई वाम पार्टी नेकपा एमाले र माओावादी केन्द्रको साझा घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ताका लागि कांग्रेससँग मिल्दा ठीक हुने तर अरु दल मिल्दा बेठीक हुने कुरा स्वीकार्न नसकिने बताए ।
‘हिजो कांग्रेसलाई सत्तामा पुर्याउन माओवादीले मिलिदिँदा कांग्रेसलाई ठीक हुने तर आज दुई कम्युनिस्ट मिल्दा अधिनायकवाद आउने ?’, ओलीले प्रश्न गरे, ‘विचार मिल्ने पार्टी एक ठाउँमा उभिनु स्वभाविक हो । यसका किन र केका लागि रुवाबासी ?’
विगतमा पनि एमाले र माओवादीले मिलेर सरकार चलाएको स्मरण गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘त्यसबेला त कोकोहोलो मच्चिएको थिएन । अनि अहिले एमाले र माओवादी मिल्दा पैताला बजाउने, कपाल लुछ्ने किन ?’ उनले अघि भने, ‘लोकतन्त्र समाप्त हुन लाग्यो रे ? झगडा गर्यो भने लोकतन्त्र बलियो हुन्छ ?’
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दुई पार्टीको साझा घोषणापत्र सर्वोत्वकृष्ट रहेको बताउँदै सत्ताका लागि नभइ देश विकासका लागि दुई पार्टी मिल्न लागेको बताए । ‘महान कामका लागि, राष्ट्र निर्माणका लागि हाम्रो घोषणापत्र सर्वोत्कृष्ट छ’, उनले भने, ‘यसले महान कामको पनि थालनी गर्ने छ । साझा घोषणा पत्र जारी गरेको पत्याउन समेत अरु दललाई अफ्ठेरो भएको छ ।’
चुनाव लड्न नभइ देश बनाउन साझा घोषणापत्र ल्याएको जिकिर ओलीको थियो । ‘हामीले चुनाव लड्न होइन, देश बनाउन घोषणा पत्र ल्याएका हौँ’, उनले भने, ‘यो अबलम्बन गर्न नसक्नेलाई गारो होला, देशको विकास हेर्न चाहनले हाम्रो प्रयासलाई सकारात्मक रुपमा लिनुहुन्छ ।’
लोकतन्त्र कसैले ल्याइदिएको उपहार नभएको ओलीको जिकिर थियो । ‘लोकतन्त्र कसैले ल्याईदिएर उपहार दिएको होइन । लोकतन्त्रको लागि त्याग गरेको पुस्ता यहाँ छ । लोकतन्त्रलाई निष्ठामा मात्र सीमित राख्नु हुँदैन’, उनले भने ।
जनताले वाम गठबन्धनलाई पत्याएको बताउँदै अब देशको विकासमा केन्द्रि हुने बताए । ‘कसैकसैले मैले भनेको कुरा भनेर बङग्याएर चर्चा गरेका छन् । हामीले हाम्रो संसदीय व्यवस्था छानेका छौँ’, उनले भने, ‘तानाशाही व्यवस्थालाई मात्र गाली गर्ने हो । हामीले अमेरिकालाई गाली गर्नुछैन । नेपाली सबैलाई आफ्नो अधिकार प्रयोग गर्ने अवसर छ । हामी लोकतन्त्रप्रति प्रतिबद्व छौं । यसमा कसैले भ्रम नछरे हुन्छ ।
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...