ताजा समाचार

को हुन्, पूर्वराष्ट्रपतिलाई घरभाडा तिर्न भारतबाट एक हजार रुपैयाँ पठाउने नेपाली

काठमाडौं, २२ कात्तिक । पूर्व राष्ट्रपति रामबरण यादवले बस्दै आएको घरको भाडा सरकारले तिर्न आनाकानी गरेको भन्दै भारतमा बस्ने एक नेपालीले एक हजार रुपैयाँ भारुको चेक पठाएका छन् ।

युनाइटेड मधेशिस्, नयाँ दिल्लीका पूर्व महासचिव उमेश कुमार साहले भारतीय स्टेट बैंकको एक हजारको चेक यादवको खातामा जम्मा हुने गरी काटेका छन्। अहिले उनले काटेको यो चेक सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

सरकारले पहिलो राष्ट्रपतिलाई घर भाडाको विवादबाट बदनाम गर्न खोजेकाले आफूले सांकेतिक सहयोग गरेको बताए । साहले मधेशी, थारु, जनजातिलाई पनि घर भाडा उठाएर सहयोग गर्न आह्वान गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org