ताजा समाचार

तीन महिनामा सेञ्चुरी बैंकको नाफा ४२ प्रतिशतले बढ्यो

काठमाडौं, २३ कात्तिक । सेञ्चुरी बैंकको नाफा ४२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा गत वर्षको भन्दा ४२ प्रतिशतले नाफा बढाएको हो । बैंकले पहिलो तीन महिनामा १० करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले गतवर्षको सोही अवधिमा ७ करोड ४२ लाख रुपैयाँ थियो।

बैंकले पहिलो तीन महिनामा खुद ब्याज आम्दानी ३३ करोड १९ लाख रुपैयाँ छ। गत वर्षको सोही अवधिमा २१ करोड ८१ लाख रुपैयाँ थियो । बैंकले पहिलो तीन महिनामा ४५ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ८५ करोड रुपैयाँ ऋण लगानी गरेको छ । गतवर्षको सोही अवधिमा ३१ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ५९ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।

बैंकले पहिलो तीन महिनामा दुर्इ करोड ५५ लाख रुपैयाँ राइट व्याक गरेको छ। बैंकको चुक्ता पूँजी पाँच अर्ब ४६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब २२ करोड रुपैयाँ जम्मा भएको छ। बैंकले ८ अर्ब पुर्याउन अझै दुर्इ अर्ब ५३ करोड रुपैयाँ जुटाउनु पर्ने चुनौती छ। बैंकको पूँजी कोष अनुपात एक आर्थिक वर्षमा ११.८५ प्रतिशत बाट बढेर १५.६६ प्रतिशत पुगेको छ। त्यस्तै बैंकको खराब कर्जा पनि ०.३३ प्रतिशतबाट बढेर १.७० प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org