ताजा समाचार

शिक्षा ऐनको नवौं संशोधनको विरोधमा शिक्षक सेवा आयोगमा तालाबन्दी

भक्तपुर, २६ कात्तिक । शिक्षा ऐनको नवौं संशोधनको विरोधमा विद्यार्थी संघर्ष समितिले शिक्षक सेवा आयोगमा तालाबन्दी गरेको छ । सानोठिमीस्थित आयोगको कार्यालयमा संघर्ष समितिले आईतबार तालाबन्दी गरेको हो ।

संशोधनमा व्यवस्था गरिएको ७५ प्रतिशतको व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेका वेला आयोगले २१ गते आन्तरिक प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएपछि त्यसविरुद्ध तालाबन्दी गर्नु परेको समितिका सह(संयोजक दिग्गज धौरालीले जानकारी दिए ।

आफूहरुले आयोगले निकालेको विज्ञापनलाई तत्कालन रोक्नुपर्ने मागसहित बुझाएको ज्ञापनपत्रको समेत सुनावाई नभएपछि तालाबन्दी गर्न बाध्य हुनु परेको उनको भनाइ छ । समितिले कुनैपनि सहमतिबिना ताला खोले कार्यालयमा हुने मानवीय, भौतिक, आर्थिक लगायत सम्पूर्ण प्रकारको क्षतिको जिम्मेवारी आयोग स्वयम् हुनु पर्ने समेत चेतावनी दिएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org