ताजा समाचार

देवी ज्ञवालीले बिक्रम पाण्डेलाई ठेकेदारले चितवनको मुहार फेर्दैन भनेपछि

चितवन, २६ कात्तिक । यतिबेला एमाले नेता देवी ज्ञवाली चर्चा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिताउन चुनावी अभियानमा सक्रिय रहेका ज्ञवाली चर्चामा रहेका हुन् । ज्ञवाली यतिबेला चितवन–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जिताउन चुनावी प्रचार प्रसारमा व्यस्त छन् ।

प्रचार प्रसारकै क्रममा ज्ञवालीले प्रचण्डले जित हासिल गरेपछि प्रतिद्धन्दी राप्रपा (प्रजातान्त्रिक) का बिक्रम पाण्डेलाई निर्माण कामको ठेक्का पारिदिनुपर्ने बताएका छन्। पाण्डे राजनीतिज्ञको साटो ठेकेदार भएको बताउँदै ज्ञवालीले चितवन–३ को मुहार फेर्न प्रचण्डलाई विजयी गराउनुपर्ने बताएका हुन्।

ठेकेदारबाट चितवनको विकास हुन सक्दैन, चितवनको मुहार फेर्ने हो भने प्रचण्डले जित्नुपर्छ’ चितवन–२ मा पर्ने मंगलपुरमा आइतवार आयोजित घरदैलो र चुनावी सभालाई सम्बोधन गर्दै ज्ञवालीले भने, ‘बिक्रम दाई ठेकेदार हो। त्यसैले कमरेड प्रचण्ड, तपाईंले विजय हासिल गरेपछि उहाँलाई ठेक्का पारिदिने काम चाहिँ गरिदिनु होला।’

पाण्डेको राजनीतिमा आगमन ठेक्कापट्टाको विकृत रुप भएको दावी ज्ञवालीले गरे। ‘एउटा गुण्डा पैसा कमाउन ठेकेदारको पछि लाग्छ, पछि त्यही गुण्डा आफै ठेकेदार हुन्छ र ठेक्का पार्छ, जव ठेक्का पार्न राजनीतिक पहुँच आवश्यक ठान्छ, उ राजनीतिमा आउँछ र चुनाव लड्छ’ पाण्डेको नामै किटेर ज्ञवालीले भने, ‘संयोग नै मान्नुपर्छ, बिक्रम दाई पनि त्यसरी नै राजनीतिमा आउनु भएको छ।’

पाण्डे वर्तमान सरकारका वन मंत्री हुन।कार्यक्रममा चितवन-३ मा स्वतन्त्र उम्मेद्वारी दिएका हरिप्रसाद दाहालले आफ्नो उम्मेद्बारी फिर्ता लिएर प्रचण्डलाई समर्थन गरेको घोषणा गरेका छन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org