ताजा समाचार

यि हुन् कांग्रेसले तोकेका ३२ जिल्लाका चुनावी कमाण्डर, को कहाँ ? (नामावलीसहित)

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा चुनावी कमाण्डर तोकेको छ । मंसिर १० गते पहिलो चरणमा प्रदेश र प्रतिनिधिसभा चुनाव हुन लागेका ३२ जिल्लामा नेपाली कांग्रेस चुनावी कमाण्डर तोकेको हो ।

नेपाली कांग्रेस र पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्याधिक मतका साथ पार्टी र उम्मेदवारहरुलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि तोकिएको नेपाली कांग्रेसले जनाएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेर चुनावमा होमिएका बेला कांग्रेसले जनमत आफ्नो पक्षमा पार्न केन्द्रीय स्तरका नेताहरुलाई जिल्ला जिल्लामा खटाएको हो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय प्रतिनिधिहरु तोकेको हो ।

१ सोलुखुम्बु: खिलानाथ दाहाल                  २ संखुवासभा: धना खतिवडा
३ भोजपुर: तारामान गुरुङ्ग                        ४ ओखलढुंगा: मृदुला कोइराला
५ ताप्लेजुङ: केशवकुमार वुढाथोकी          ६ पाँचथर:  वेनुपराज प्रसाई
७ खोटाङ: रमा पौडेल                              ८ नुवाकोट: प्रा. वासुदेव घिमिरे
९ रसुवा: बहादुर सिंह लामा                      १० धादिङ: रामेश्वर उपाध्याय
११ सिन्धुपाल्चोक: मिन विश्वकर्मा              १२ दोलखा: पुष्पा भुषाल
१३ रामेछाप: शोभाकर पराजुली                १४ मुस्ताङ: शोभियतबहादुर अधिकारी
१५ म्याग्दी: तिलक रानाभाट                      १६ बाग्लुङ: कुमार खड्का
१७ मनाङ: डा. हिमलाल घिमिरे                 १८ लम्जुङ: धनबहादुर मास्की राना
१९ गोरखा: भेषराज दुवाडी                         २० रूकुम (पूर्वी भाग): कृष्ण कार्की
२१ रोल्पा: पार्वता डि.सी. चौधरी                  २२ रूकुम (पश्चिम भाग): गेहेन्द्र गिरी
२३ जाजरकोट: गोविन्द मल्ल                     २४ हुम्ला: डा. प्रमोद अर्याल
२५ मुगु डिल्लीराज तिवारी                         २६ जुम्ला: सरस्वती शाह
२७ कालिकोट: आशा वि.क.                       २८ डोल्पा: विद्या खनाल
२९ दार्चुला: नरेन्द्र सिंह भण्डारी                  ३० बझाङ: शंकरप्रसाद पाण्डे
३१ बाजुरा: अरुणप्रकाश सिंह राठौर            ३२ बैतडी: दिलेन्द्रप्रसाद बडू

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org