एक उम्मेदवारले ५ लाखमा हेलिकोप्टर चार्टर गरेर उच्च रक्तश्राव भएकी सुत्केरीको ज्यान बचाए
जाजरकोट, २७ कात्तिक । जाजरकोटमा एक उम्मेदवारले हेलिकोप्टर मगाएर उच्च रक्तश्राव भएकी सुत्केरीको ज्यान बचाएका छन् । प्रतिनिधिसभाका उम्मेदवार राजिव विक्रम शाहले हेलिकोप्टर मगाएरउच्च रक्तश्रावबाट पीडित कुशेगाउँपालिका-८ रिजापहाडाकी ३० वर्षकी चन्द्रादेवी रोका मगरको ज्यान बचाएका हुन् । चन्द्रादेवीलाई शाहले हेलिकोप्टर मगाएर उद्धार गरी नेपालगञ्ज पठाएका हुन् ।
१८ घण्टासम्म लगातार रक्तश्राव नरोकिएपछि मगरलाई शाहको पहलमा थप उपचारका लागि हेलिकोप्टरद्वारा नेपालगंज पुर्याइएको हो । मगर ९ दिनअघि दुर्गम गाउँ रिजापहाडास्थित घरमै असुरक्षित रुपमा सुत्केरी भएकी थिइन् । प्रतिनिधिसभाका उम्मेदवार शाहले ५ लाख रुपैयाँ निजी खर्चमा सुत्केरीको उद्धार गर्न हेलिकप्टर उपलब्ध गराएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
चुनावी अभियानको क्रममा रिजापहाडादेखि २५ कोश टाढाको जुनीचाँदे गाउँपालिकामा रहेका शाहलाई फोनमार्फत सुत्केरीको उच्च रक्तश्रावबाट ज्यान जान लागेको भनेर खबर गरेपछि शाहले हेलिकप्टरको ब्यबस्था गरेको अध्यक्ष बस्नेतको भनाई छ । समाजसेवी शाहले तत्काल हेलिकोप्टरको ब्यबस्था नगरेको भए सुत्केरीको ज्यान जाने खतरा रहेको बस्नेतको भनाई छ ।
उच्च रक्तश्रावका कारण उनको शरीरमा रगत अभाव भएको र ३/४ घण्टाभित्र थप रगत उपलब्ध नगराए ज्यान जाने खतरा रहेको स्थानीय स्वास्थ्यकर्मीले बताएपछि महङ्गो खर्च ब्यहोरेर हेलिकप्टरको प्रयोग गर्न बाध्य भएको बस्नेतले बताए । सुत्केरीलाई डोकोमा बोकाएर सडक पहुँचसम्म पुर्याउनै १० घण्टा लाग्थ्यो । त्यसपछि गाडीद्वारा नेपालगंज पुर्याउन थप ७/८ घण्टा लाग्ने र सुत्केरीको बाटोमै ज्यान जाने देखेपछि शाहलाई तत्काल हेलिकाप्टरको ब्यबस्था गर्न आग्रह गरीएको थियो । शाहले पोखराबाट ३ घण्टाभित्र हेलिकप्टर बोलाउँदा अचेत अवस्थामा रहेकी सुत्केरीको उद्धार भएको हो । ४ सन्तानकी आमा मगरले पाचौं सन्तानको असुरक्षित जन्म दिँदा उच्च रक्तश्राव भएको हो ।
Comments
अरु समाचार
-
फुङलिङ–पाथीभरा साइकलयात्रा
काठमाडौं । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका...
-
केही पहाडी भूभागमा हुरिबताससहित सामान्य वर्षा हुँदै
काठमाडौं । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...