नेतामाथि आक्रमण नरोकिए प्रतिकार गर्ने वाईसीएल र क्रान्तिकारीको चेतावनी
काठमाडौं, २७ कात्तिक । आफ्नो माओपार्टीका नेताहरुमाथि आक्रमण भईरहेको प्रति वाईसीएल र अखिल क्रान्तिकारीले विरोध जनाएका छन् । माओवादी केन्द्र निकट वाईसीएल र अखिल (क्रान्तिकारी) ले आफ्ना नेताहरुमाथि आक्रमण प्रति भत्र्सना गर्दै आक्रमण नरोकिए बाध्यभएर प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनीहरुले चुनावी अभियानमा रहेका नेता, कार्यकर्ता र जनताको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन् ।
वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर माओवादी नेताहरु वर्षमान पुन र जनार्दन शर्मालाई लक्षित गरेर भएको आक्रमणको भर्तसना गरेका छन् ।
‘पूर्वमन्त्रीद्वय वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर) लाई लक्षित गरी निकृष्ट ढंगले गरिएको कायरतापूर्ण र श्रृंखलावद्ध वम आक्रमणको घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ, ‘मुलुकमा समावेशी र समानुपातिक प्रतिनिधित्व सहितको संघीय गणतन्त्रको वहालीका लागि अतुलनीय भूमिका निर्वाह गरेका जनताका प्रिय नेताहरुको ज्यानै लिनेसम्मको मनसाय राखी गरिएको यो हर्कत हदैसम्म निन्दनीय छ ।’ विज्ञप्तिमा थप लेखिएको छ, ‘यस खालका गतिविधि जारी रहे देशभरका लाखौंलाख युवा विद्यार्थी प्रतिवादमा उत्रन वाध्य हुने चेतावनी दिन चाहन्छौं ।’
वाम गठवन्धनपछि सरकारले चुनाव विथोल्न अनेक बहानाबाजी खोजिरहेको र त्यसैलाई बल पुग्नेगरी आक्रमण भएको वाईसीएल र अखिल क्रान्तिकारीको ठहर छ । उनीहरुले यसलाई ‘पश्चगामी सोचको द्योतक’ भनेका छन् ।
आक्रमणमा विप्लव नेतृत्वको नेकपाले गरेको हो भने माफी माग्न र आगामी दिनमा यस्ता गतिविधि नगर्न चेतावनी समेत दिइएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘यदि विभिन्न सञ्चारमाध्यममा आए जस्तै यो आक्रमण विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको हो भने अविलम्ब माफी मागेर आगामी दिनमा यो हर्कत नदोहोर्याउन चेतावनी दिन चाहन्छौं । साथै मुलुकमा विकसित राजनीतिक परिदृष्यको सामना राजनीतिक रुपमा नै गर्न सम्वद्ध पक्षलाई आग्रह गर्दछौं ।’
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...