ताजा समाचार

केपी ओलीले झापामा अड्डा जमाएको २४ घण्टामा ७ हजार बढी एमालेमा भित्र्याए

झापा, २७ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियान तिब्र पारिरहेका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बनेका ओली चुनावी प्रचार प्रसारमा व्यस्त रहेका हुन् । अहिले ओलीले दिनहुँ ५–७ ठाउँमा कार्यक्रम गरिरहेका छन् ।

ओलीले जुन दिन जहाँ कार्यक्रमको आयोजना गर्छन्, त्यहा संयौंको संख्यामा अन्य पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेशे गर्दै आएका छन् । अर्को अर्थमा भन्नुपर्दा अरु दलका नेताहरुलाई आफ्ना कार्यकर्ताको रक्षा गर्न नै धौ–धौ परेको छ । केपी ओली अहिले झापामा अड्डा जमाएरै बसेका छन् ।

हरेक दिन ५–७ ठाउँमा कार्यक्रम गरेर सयौँको संख्यामा अरु दलमा रहेका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराईराखेका छन् । ओलीका २४ घण्टाभित्रका गतिविधि मात्र हेर्दा ७ हजार भन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा भित्र्याईसकेका छन् ।

ओलीले अहिले झापामा अरु दलका कार्यकर्ताहरु एमालेमा प्रवेश गराईराखेका छन् । झापाको बालुबथानमा पनि ओलीले यसैगरी पार्टी प्रवेश गराएका थिए । झापा क्षेत्र नं ५ को महारानीझोडास्थित स्कुलचौरमापनि ओलीले विशेष चुनावी कोणसभाका साथै पार्टी प्रवेश गराएका थिए ।

झापा खजुरगाछिको बजारमा आनन्द साहले फुटकर (खुल्ला) बजारमा संचालन गरेको चिया पसलमा बजारबीचमा मतदातासँग चिया पिउदै केपी ओलीले चुनावी गफगाफ समेत गरेका थिए । २०४८ सालको निर्वाचनमा पनि सोही चिया पसल चिया पिएको स्मरण गर्दै ओलीले भने, ‘अहिले चियाको स्वाद परिवर्तन भएछ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org