ताजा समाचार

कांग्रेसका प्रभावशाली नेता माओवादी केन्द्रमा प्रवेश, कांग्रेसलाई यस्तो आरोप लगाए

चितवन, २७ कात्तिक । चितवनमा कांग्रेसका एक प्रभावशाली नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सौरहाका व्यवसायी एवं नेपाली कांग्रेसका स्थानीय प्रभावशाली नेता राजेन्द्रकुमार बिष्ट नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सोमबार दिउँसो भरतपुरमा आयोजित एक कार्यक्रममा बिष्ट माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । बिष्टलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।

पार्टी प्रवेशपछि बिष्टले राजनीतिक स्थीरता र समृद्धिको नेतृत्व गर्न नसकेकाले आफूले कांग्रेस परित्याग गरेको बताए । आइतबार मात्रै राप्रपा प्रजातान्त्रिकका सहसचिव अन्नद ढकालसहित एक सय बढी युवा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org