ताजा समाचार

शेरधन राईमाथिको आक्रमपछि देउवालाई ओलीको प्रश्नः सत्तापक्षलाई मात्र किन सुरक्षा ?

काठमाडौं, २८ कात्तिक । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेकपा एमालेका प्रदेश सभाका उम्मेदवार शेरधन राई सवार गाडीमा बम प्रहार भएको घटनाप्रति एमालेले आपत्ति जनाएको छ । एमालेले एक विज्ञप्ती जारी गर्दै घटनाको घोर निन्दा गरेको हो ।

भोजपुर–१ को ट्याम्केमैयुम नगरपालिका–७ गुम्बा भन्ने ठाउँमा निर्वाचन प्रचारको क्रममा हाम्रा पार्टीका प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेश सभा सदस्य उम्मेदवार पूर्वमन्त्री राईमाथि आज बिहान भएको साङ्घातिक आक्रमणलाई पार्टीले गम्भीरतापूवर्क लिएको एमाले अध्यक्ष ओलीद्वारा विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवार माथिको यो आक्रमणलाई हामीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएका छौं, विज्ञप्तीमा अघि भनिएको छ,‘यस घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने स्पष्ट हुन्छ ।’

हामी सरकारलाई निर्वाचनका उम्मेदवारहरूलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता साङ्घातिक आक्रमणहरू नियन्त्रण गर्न सचेत गराउँछौ, विज्ञप्तीमा उल्लेख छ । हामी हाम्रा उमेदवार शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा गर्दछौं ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org