ताजा समाचार

निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्न एक व्यक्ति लामो समयपछि पक्राउ

काठमाडौं, २८ कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन । मंगलबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर प्रहरीले यस बारे सार्वजनिक गर्दैछ ।

२३ असोजमा दिउँसो काठमाडौंको शान्तिनगर, खरिबोटस्थित घरबाट निस्केर अलि पर पुगेका गौचनमाथि दुईजना व्यक्तिले गोली हानी भागेका थिए । गौचन चढेको गाडीको अगाडिबाट गोली हानिएको थियो । गौचनमाथि तीनओटा गोली हानिएको थियो ।

एउटा गोली मुटुमा, एउटा कलेजोमा र एउटा गोली पेटमा लागेका गौचनलाई तत्काल नयाँनेश्वरस्थित सिभिल अस्पताल लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको शिशामा ढुंगा प्रहार गरेको थियो । लगत्तै, गाडी रोकिएपछि दुई राउण्ड गोली प्रहार भएको थियो । गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org