ताजा समाचार

घरायसी विवादमा हँसियाले घाँटी रेटेर श्रीमतीको हत्या

सप्तरी, २८ कात्तिक । सप्तरीमा हँसियाले रेटेर श्रीमतीको हत्या गरेका छन् । बोदेबरसाइन नगरपालिका ३ गौराका ४२ वर्षीय जयप्रकाश यादवले श्रीमती ललितादेवी यादवको घाँटी रेटेर हत्या गरेका हुन् ।

धान काट्न आफ्नो खेत गएकी श्रीमती ललिताको हातबाट हँसिया खोसेर यादवले घाँटी रेटेर टाउको अलग गरिदिएको सप्तरी प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । हत्यापछि भागेर घर गएका आरोपित यादवलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय कल्याणपुरमा हिरासतमा राखेको छ ।

श्रीमान श्रीमतिबीच पारिवारिक कलह र विवाद भइरहेको छिमेकीले बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org