ताजा समाचार

गोरखा पुगेर ओलीले भने, ‘मंसिर २१ मा बुढो रुख ढल्छ, देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री’

गोरखा, २९ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको दिन समाप्त हुँदै गएको बताएका छन् । कांग्रेस बुढो भईसकेको भन्दै ओलीले शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भएको बताए ।

निर्वाचनपछि बाम गठबन्धनको सरकार बन्ने भन्दै गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा ओलीले भने, ‘मंसिर १० र २१ गते बुढो रुख ढल्छ । बामपन्थीको आँधी तुफानले रुख भित्रभित्रै खोक्रो भइसकेको छ ।’

गोरखा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईप्रति लक्षित गर्दै ओलीले बुढा रुखको आडमा सीसा र प्लाष्टिकको आँखा लिएर काम नभएको टिप्पणी गरे । कांग्रेसले बबुरा अध्यक्ष लिएर कुदेको भन्दै ओलीले भने, ‘कांग्रेसप्रति समवेदना व्यक्त गर्न चाहन्छु ।’

‘पहिले रुखको हाँगा भाँचेर हिँड्थे’, ओलीले थपे, ‘अहिले आँखा लिएर हिँड्न मिलेन ! एउटा अध्यक्ष र केही कलाकार भएको पार्टीलाई बोकेर काम छैन ।’ अर्को प्रसंगमा ओलीले कर्कलोलाई बञ्चरो चलाउनु आवश्यक नरहेको भन्दै बाम गठबन्धनबाट कांग्रेस अत्तालिएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org