ताजा समाचार

मलामी बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु, दर्जनौ घाईते, पूरै गाउँ शोकमा डुब्यो

गुल्मी, ३० कात्तिक । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना भएको छ । गए राती अर्खर्लेमा साढे १० बजेतर मलामी गएर फर्किर्दै गर्दा जीप दुर्घटना भएको हो । छल्दी पनाह घाटमा एक जना स्थानीयको अन्त्यष्टि गरेर फर्किदै गरेको लु १ ज १५२१ नम्वरको जीप अर्खलेकै चौडिला भन्ने स्थानमा दुर्घटना हुँदा कपिलवस्तु जिल्ला वाडगंङ्गा ८ निवासी ५५ वर्षिय रुद्रबहादुर ढेंगा मगरको ज्यान गएको छ ।

अघिल्लो दिन अर्खले मै भाडगाउँमा सडकमा चलेको डोजरले पल्टाएको ढुङ्गाले किचेर मृत्यु भएका रामबहादुर दर्लामीको शव अन्त्यष्टि गरेर फर्किर्दै गर्दा उक्त स्थानको सडकबाट करिव ५० मिटर तल जिप खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

जिल्ला अस्पतालबाट रिफर गरी थप उपचारका लागि पाल्पा लैजादै गर्दा ढेगा मगरको बाटोमै ज्यान गएको हो । अघिल्लो दिन मृत्यु भएका दर्लामीको ढेगा मगर आफन्त थिए । जिपमा १५ जना सवार थिए । ५ जना गम्भीर घाइतेको पाल्पामा उपचार भईरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । लगातार पहिलो र दोश्रो दिन आफन्त गुमाएका अर्खलेवासी आफन्त वियोगको चोटमाथि चोटमा परेर भावविह्ल बनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org