ताजा समाचार

देउवा भन्छन्, ‘ओलीले भनेर हुन्छ, ज्योतिषिले सात पटक प्रधानमन्त्री हुने भनेका छन्’

कैलाली, ३० कात्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू अझै तीन पटक प्रधानमन्त्री हुने दावी गरेका छन्। बिहिबार बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाटमा देउवाले भने, ‘मलाई ज्योतिषीले ७ पटकसम्म प्रधानमन्त्री हुन्छस् भनेको छ, फेरि पनि प्रधानमन्त्री बन्ने मै हुँ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई ‘कांग्रेसको अन्तिम प्रधानमन्त्री’ बताइरहेका बेला देउवाले आफू ७ पटकसम्म प्रधानमन्त्री हुने दाबी गरेका हुन् । देउवाले भने– ‘केपी ओलीले भनेर हुन्छ, मलाई ज्योतिषिले सात पटक प्रधानमन्त्री हुने भनेका छन्। म ७ पटक प्रधानमन्त्री भएरै छाडछु।’

देउवाले चुनावको सुरक्षा भरपर्दो रहेकाले ढुक्कसँग मतदानमा सहभागि हुन आग्रह गरे। बाम गठबन्धनले जितेमा देशमा अधिनायवाद आउने उनले दाबी गरे। ७ नम्बर प्रदेशबाट अरु पार्टीको तर्फबाट कोही पनि प्रधानमन्त्री बन्न नसक्ने बताएका देउवाले प्रधानमन्त्री बनाउनका लागि समेत डडेल्धुराका जनताले आफूलाई जिताउनेमा विश्वास व्यक्त गरे।

पत्रकार सम्मेलन लगत्तै देउवा पत्नी आरजु राणाले धनगढीमा तीन करोडमा किनेको घरको पनि अवलोकन गरेका थिए। कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेकी पत्नी आरजु राणाको पक्षमा चुनाव प्रचार गर्न प्रधानमन्त्री देउवा यतिबेला कैलालीमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org